मुसिकोट नगर क्षेत्रमा अटो रिक्सा सञ्चालन

मुसिकोट नगर क्षेत्रमा अटो रिक्सा सञ्चालन

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको विभिन्न ठाउँमा चल्ने गरि अटोरिक्सा संचालन ल्याइएको छ। नगरपालिकाले अटो तथा इ–रिक्सा कार्यविधि निर्माण गरी नगर क्षेत्रका ६ वटा रुटमा अटोरिक्सा सञ्चालनमा ल्याइएको हो ।

सोमबार मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले अटो रिक्सा सेवाको उद्घाटन गर्नुभएको हो । स्थानीय स्तरमा आवतजावतमा सहजता ल्याउन अटोरिक्सा सञ्चालन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले विभिन्न ठाउँको अटो रिक्साको भाडा दर पनि निर्धारण गरेको छ ।

नगरपालिकाको पक्की सडकमा प्रति किलोमिटर १२ रुपैया र कच्ची सडकमा प्रति किलोमिटर १५ रुपैया भाडा तोकिएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र २४ वटा अटोरिक्सालाई सञ्चालन अनुमति दिएपनि अहिले १९ वटा अटोहरु मात्रै सञ्चालनमा आएका छन ।

कार्यविधि अनुसार नगरपालिकाको छिवाङ जिउला–सादनचौर–माछमी हुँदै खलंगासम्म ६ वटा, स्याउली बजार–सोलावाङ हुँदै खलंगासम्म ४ वटा र होल्तारा–झुल्खेत हुँदै खलंगासम्म ४ वटा, घोरखानी–साँख हुँदै खलंगासम्म ४ वटा, पशुपती मावि रातामाटा हुँदै खलंगासम्म २ वटा र खलंगा–सल्ले–शेरिगाउँ–पिपलनेटा–शितलपोखरी–मुसीदरवार सम्म ४ वटा अटो संचालन हुने छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार