छोटेबगरमा निर्माण थालिएको शहीद स्मृति भवन अलपत्र

छोटेबगरमा निर्माण थालिएको शहीद स्मृति भवन अलपत्र

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ७ छोटेबगरमा निर्माण थालिएको शहीद स्मृति भवन अलपत्र गरेको छ । शहीदको सम्झनामा निर्माण थालिएको उक्त भवन निर्माण व्यवसायीको ढिलासुस्तीले अलपत्र परेको हो।

सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टका अनुसार १० वर्षे सशस्त्र सङ्घर्षका अवधिमा ज्यान गुमाउने शहीदको सम्झनामा सो भवन बनाउन लागिएको हो।  स्मृति भवन निर्माणका लागि आर्थिक वर्ष ०७६/७७ मा कर्णाली प्रदेश सरकारबाट बजेट प्राप्त भएको थियो। त्यस वर्ष ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै मुद्दा परेपछि बजेट फिर्ता भएको थियो।

गाउँपालिका अध्यक्ष विष्टका अनुसार आर्थिक वर्ष ०७७/७८ मा प्राप्त ४० लाख रुपियाँले भवन निर्माणका लागि उपभोक्ता समितिमार्फत काम सुरु गरिएको थियो। त्यसयता भवन निर्माणमा प्रगति भएको छैन। भवन निर्माणका लागि ०७७/७८ मा बजेट नै नहुँदा काम हुन नसकेको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष ०७८/७९ मा खोलिएको ठेक्का अनमोल निर्माण सेवाले पारेको थियो। २०७८ पुसमा सम्झौता गरेको थियो। २०८० असारसम्मका लागि म्याद थपसमेत गरेको छ।

कुल ४५ लाख २४ हजार ४४७ रुपियाँमा सम्झौता गरेको उक्त सेवाले हालसम्म १० प्रतिशत मात्र काम गरेको गाउँपालिकाले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार