मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं ०९ बटालागाँऊका दुई महिलालाई मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां लि. ले सहयोग रकम हस्तान्तरण गरेको छ ।
पपी कुमारि खत्री र गिता बटालालाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां लि. कालिमाटि जाजरकोट शाखाले सात हजार पाँच सय रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ ।
बटालागाँउ स्थित मेरो सातपाखा महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य पपी कुमारि खत्री को श्रीमान कालि बहादुर खत्री को मृत्यु पछि काजक्रिया खर्च बाफत रकम हस्तान्तरण गरीएको हो ।
सदस्य खत्री मेरोमाइक्रोफाइनान्स कालिमाटि शाखा अन्र्तरगत बिगत २०७८ साल देखि समुहमा आवद्ध भएर कारोबार गर्दै आउनु भएको थियो । २०७९ माघ १९ गते उहाँको श्रीमानको निधन भएको थियो ।
यस्तै सोही केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य गिता बटाला लाई पनि सात हजार पाँच सय रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ ।
बटालागाँउ स्थित मेरो सातपाखा महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य गिता बटालाको श्रीमान गम्मर सिं बटालाको मृत्यु २०७९ भाद्र २४ मा श्रीमानको निधन भएको थियो । काजक्रिया खर्च बाफतको रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक प्रेम बहादुर बि।क। ले जानकारी दिनुभयो ।
मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिदै आएको छ ।