ओरेकको ३२ औं स्थापना दिवस मनाईयो

ओरेकको ३२ औं स्थापना दिवस मनाईयो

मुसिकोट । महिला पुनस्थापना केन्द्र (ओरेक)  नेपालले रुकुम पश्चिममा पनि ३२ औ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा महिला शान्ती र सुरक्षा सम्बन्धीको दोश्रो राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका द्वन्द्वपीडितहरुले महिलाहरुको अधिकारको सवाल कुरामा मात्र सिमित भएको उल्लेख गरेका छन् । तत्कालिन सशस्त्र जनयुद्धको समयमा सर्वसाधारणले पाएका पीडाहरु सम्बोधन नभएको भन्दै पीडितहरुले पीडा सहेर बाँचन बाध्य भएको बताएका छन् । शान्ति स्थापना भएको लामो समयसम्म महिलाले पाएका पीडाहरु बल्झिरहेको उनीहरुको भनाई रहेको छ ।

ओरेक नेपालका जिल्ला संयोजक दिपा धितालले द्वन्द्वको बेलामा भएका यौन शोषणका घटनाहरुले गहिरो मनोवैज्ञानिक असर परेको जानकारी दिनुभयो । उहाँले मनौवैज्ञानिक असरको कारण पारिवारिक र सामाजिक बेमेल हुने गरेको उल्लेख गर्नुभयो । ओरेकको तथ्याङकमा मात्र करिब एक सय जना जिल्लाका महिलाहरु यौन हिंसाको शिकार भएको जिल्ला संयोजक धितालले बताउनुभयो ।

कार्यक्रममा जिल्ला संयोजक धितालले एक कार्यपत्र मार्फत ओरेक नेपालले गरेका गतिबिधि र संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्बाट पारित प्रस्ताव नं. १३२५ र १८२०  कार्यान्वयनका लागि तयार भएको दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसी, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, सुरक्षा निकायका प्रमुख, नेकपा एमालेका जिल्लाअध्यक्ष नन्दराम देवकोटा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष ब्युझना पुन, मानव अधिकार संरक्षण सञ्जालका अध्यक्ष नरबहादुर लम्साल, द्वन्द्वपीडित महिला र जिल्ला स्थित सरोकारवाला, पत्रकार  लगायतको आथित्यता रहेको थियो ।

ओरेक नेपालका करुणा रेग्मीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम जिल्ला संयोजक दिपा धितालको अध्यक्षमा सम्पन्न भएको हो ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार