मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्वर ४ र ६ मा बिद्यूत लाईन बिस्तारको काम तिब्र रुपमा भईरहेको छ ।
वडा नम्वर ४ को गोतामकोट र वडा नम्वर ६ को त्रिवेणी, छिमी, मन्का र करबगार लगायतका बस्तीमा बिद्यूत लाईन बिस्तार गरिएको हो । बिद्युत लाईन तानिएका यी गाउँहरुमा चाँडै नै बिजुली बल्नेभएपछि स्थानीयहरु हर्षित भएका छन् ।
अँध्यारो गाउँ, उज्यालो हुने भएपछि खुशि लागेको स्थानीयको भनाई रहेको छ । अहिले वडा नम्बर ४ र ६ नम्बर डोल्पाको सिमानासम्मको मुख्य लाइन विस्तार र ट्रान्समिटर जडानको काम तिब्र गतिमा भइरहेको छ । बिद्युत प्राधिकरणका अनुसार घरघरमा कालो तार विस्तार, मिटर जडान लगायतका काम चलिरहेको छ । जतिसक्दो चाँडो टोल टोलमा बत्ती पुर्याउन बिधुत प्राधिकरण लागिरहेको बताईएको छ ।
आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले उज्यालो पालिकाउन्मुख भएको बताउनुभयो । पालिकाका सबै वडामा केन्द्रीय प्रसारण लाईन पुर्याउने योजना रहेको नगर प्रमुख केसिले उल्लेख गर्नुभयो ।