कोरोना संक्रमित ११ जना आईसीयू

कोरोना संक्रमित ११ जना आईसीयू

फाइल तस्बिर।

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  जम्मा एक हजार ४२४ जनाको नमूना परीक्षण गरिएको थियो। यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६८ जना संक्रमणमुक्त भएका छन्।

हाल २७ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ११ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार