कोरोना अपडेट : थप १ जनाको मृत्यु, ७८ जनामा संक्रमण पुष्टि

कोरोना अपडेट : थप १ जनाको मृत्यु, ७८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणवाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो।

 यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार