अपडेट : पाइलटले दिए दुबई उडानलाई निरन्तरता

अपडेट : पाइलटले दिए दुबई उडानलाई निरन्तरता

काठमाडौं विमानस्थलबाट उडान भर्ने बित्तिकै एउटा इन्जिनमा आगो देखिए पनि फ्लाई दुबईले दुबईको उडानलाई निरन्तरता दिएको छ । विमानमा देखिएको प्राविधिक समस्या हल भएपछि पाइलटले उडानलाई निरन्तरता दिएका हुन् ।

सहप्रवक्ता ज्ञानेन्द्र भूलले कान्तिपुर टेलिभिजनसँग भने, ‘एउटा इन्जिमा समस्या आएको थियो । धार्केमाथिको आकासमा विमान केही समय होल्ड गरिएको थियो । दुवै इन्जिनले काम गर्न लागेपछि फाइलटले विमानलाई गन्तव्यतर्फ अगाडि बढाइसक्नु भएको छ । अहिले विमान भारतको आकासमा उडिरहेको छ ।’

उक्त विमानमा चालक दलका सदस्यसहित १७५ जना सवार थिए ।

https://www.flightradar24.com/28.43,75.89/8

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार