कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई तेस्रो पटक विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई तेस्रो पटक विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा उहाँले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिनुपरेको हो । मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिँदा एमाले र राप्रपाबाहेक अन्य दलहरुले विश्वासको मत दिएका छन् ।

४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा मतदानमा ३९ जना प्रदेश सभा सदस्य सहभागी भएका थिए । जसअनुसार मुख्यमन्त्री शर्मालाई विश्वासको मतको पक्षमा २९ मत परेको छ भने विपक्षमा १० मत परेको छ ।

नेकपा एमाले र राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । मुख्यमन्त्री शर्मालाई माओवादीसहित नेपाली कांग्रेस, एकिकृत समाजवादी, स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार