मुसिकोट । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा जिल्ला अस्पताल सल्लेमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । सोमबार लघुबित्त कर्मचारी मञ्च रुकुम पश्चिमको आयोजनामा बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
मञ्चका महासचिव गोविन्द थापाका अनुसार अस्पतालमा भर्ना भएका ३१ जना बिरामीहलाई फलफूल वितरण गरिएको हो । फलफूल वितरणसँगै बिरामीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको महासचिव थापाले बताउनुभयो ।
फलफूल वितरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. शुशिल पोखरेल, अस्पतालका डा. भिमकान्त जैसी, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण के.सी., स्वास्थ्य सेवा कार्यालयका लेखापाल प्रकाश खड्का, मञ्चका अध्यक्ष देवसिंह ठकुरी, पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
मञ्चले यस अघि विभिन्न प्रकारका सामाजिक कार्यहरु गर्दै आएको जनाएको छ ।


 
					
							 
			 
					
	    
                             
                             
                             
                             
                            