प्रधानमन्त्रीलाई वाइसिएल अध्यक्ष सुवोधराजको आग्रह- लडाकू शिविरको छानबिन गर्नुहोस्

प्रधानमन्त्रीलाई वाइसिएल अध्यक्ष सुवोधराजको आग्रह- लडाकू शिविरको छानबिन गर्नुहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष सुवोधराज श्रीपालीले लडाकू शिविर (क्यान्टोनमेन्ट)  को छानबिन गर्न प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग माग गर्नुभएको छ ।

वाइसिएल नेपाल लगायत माओवादी निकट जनवर्गीय संगठनहरूले सरकारले सुरू गरेको भ्रष्टाचार विरोधी अभियानमा ऐक्यबद्धता जनाउँदै आज दिउँसो बानेश्वरमा आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष श्रीपाली यस्तो बताउनु भएको हो ।

अध्यक्ष  श्रीपालीले गणतन्त्र प्राप्ति आन्दोलनमा होमिएका जनमुक्ति सेनाहरूलाई पटकपटक क्यान्टोनमेन्टको कुरा निकालेर अपमान गर्ने काम भइरहेकोले यसको सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको हो ।

सरकारले नक्कली भुटानी शरणार्थी बनाएका ठूला नेताहरूलाई कानुनको कठघरामा उभ्याउँदै गर्दा क्यान्टोनमेन्टको कुरा निकालेर कांग्रेस, एमालेका नेताहरूले जनताको ध्यान अर्कैतिर मोड्न खोजेको भन्दै उहाँले क्यान्टोनमेन्टको छानबिन गरेर जनतामा परेको भ्रम चिर्नुपर्ने बताउनु भयो ।

उक्त सभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वाइसीएल फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा), अर्का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ, राजन दाहाल, मिना लामा लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार