पत्रकार महासंघ रुकुम पश्चिमको क्यालेण्डर सार्वजनिक

पत्रकार महासंघ रुकुम पश्चिमको क्यालेण्डर सार्वजनिक

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाद्धारा प्रकाशित २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) एक कार्यक्रमकावीच सार्वजनिक गरिएको छ ।

आज महासंघको सम्पर्क कार्यालय खलंगामा एक कार्यक्रमका विच बार्षिक क्यालेन्डर सार्वजनिक गरिएको हो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य प्रविर ददेल, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेगराज खड्का, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य अमरराज पुन, महासंघका पदाधिकारि, सदस्य लगायतका अतिथिले सामुहिक रुपमा भित्तेपात्रो सार्वजनिक गर्नुभएको हो ।

भित्तेपात्रोमा महासंघले गरेका विभिन्न गतिबिधिहरु समाबेश गरिएको छ । साथै पात्रो प्रकाशनमा सहयोग गर्ने मुसिकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा रुकुम पश्चिमलाई महासंघले धन्यवाद पनि दिएको छ ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

क्यालेन्डर :

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार