रुकुम उद्योग वाणिज्य संघकाे अध्यक्षमा पल बहादुर खड्का चयन

रुकुम उद्योग वाणिज्य संघकाे अध्यक्षमा पल बहादुर खड्का चयन

मुसिकोट । सोमबार रुकुम उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति चयन भएको छ । गत शनिबार मुसिकोटमा सम्पन्न संघको १४ औ साधारण सभा तथा १२ औं अधिवेशनबाट निर्विरोध निर्वाचित सदस्यहरु मध्यबाट सोमबार सर्वसम्मत पदाधिकारी टुंगो लगाईएको हो ।

संघको अध्यक्षमा पलबहादुर खड्का चयन हुनुभएको छ । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दलबहादुर खड्का, उपाध्यक्षमा रबिन्द्र कुमार बिष्ट र दयाराम खत्री चयन हुनुभएको । संघको महासचिवमा अनिल बुढा, सचिवमा रमेश खड्का र कोषाध्यक्षमा धनबहादुर ओली चयन हुनुभएको छ ।

संघको सदस्यहरुमा टंकलाल सन्यासी, गोकर्ण मल्ल, डम्बर केसी, कस्तुप नेपाली, तेजबहादुर बटाला, नवराज बाँठा, दिपिका चन्द, झगबिर सुनार र रुपलाल बिष्ट. निर्वाचित हुनुभएको छ ।

संघमा आर्थिक पारदर्शिता नभएको भन्दै २०७५ सालदेखि संघ विवादित अवस्थामा रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार