रुकुम पश्चिममा ७० बर्षिया बृद्धा बलात्कृत

रुकुम पश्चिममा ७० बर्षिया बृद्धा बलात्कृत

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ मा ७० वर्षिया एक बृद्धा बलात्कृत भएकीछिन् ।

बृद्धा महिला माथी भतिजा नाता लाग्ने एक पुरुषले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले दिनुभएको जानकारी अनुसार गत वैशाख २३ गते बेलुका आरोपीले घरमै बसीरहेकी बृद्धालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

पीडितको उजुरी पश्चात मुद्धा दर्ता गरेर घटनाको अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो । बलात्कारको आरोप लागेका पुरुष फरार रहेको र खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

वैशाख २३ गते घरमै बसीरहेकी बृद्धालाई मदिरा सेवन गरेर जबरजस्ती करणी गरेको पीडितका आफन्तले बताएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार