मुसिकोट । विश्व वातावरण दिवसको अवसरमा रुकुम पश्चिममा वृक्षरोपण गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र चण्डीदल गण सल्लेको कार्यालय परिसरमा वृक्षरोपण गरिएको हो ।
कार्यालय परिसरलाई सुन्दर बनाउने र हरियाली प्रवद्र्धन गर्ने उद्धेश्यका साथ विश्व वातावरण दिवसको सन्दर्भ पारेर वृक्षारोपन गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रमुख सेनानी बरुण केसी खत्री, प्रहरी नायब उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।


 
					
							 
			 
                             
                             
                             
                             
                            