पोखरीमा डुबेर दुई बालकको निधन

पोखरीमा डुबेर दुई बालकको निधन

जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको  ज्यान गएको छ । शुक्रबार जिल्लाको भेरी नगरपालिका १३ कुदुमा दुई बालकको खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको हो ।

निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत छन् ।

दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका र सोही क्रममा डुवेर निधन भएको हो । उक्त पोखरी खानेपानी तथा सिंचाइका लागि निर्माण गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार