अब निजामती कर्मचारीले टिकटक बनाउन नपाउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक बनाउन रोक लगाएको हो।
मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको हो।
यदि निजामती कर्मचारीले नियम उल्लंघन गरेमा अनुशासन नियम अन्तर्गत कारबाही गर्ने मन्त्रालयले जनाएको छ। पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।


 
					
							 
			 
                             
                             
                             
                             
                            