सोलावाङमा करेन्ट लागेर एक जना घाईत, २ वटा बोका मरे

सोलावाङमा करेन्ट लागेर एक जना घाईत, २ वटा बोका मरे

मुसिकोट । रुकुम पश्चिममा करेन्ट लागेर एक जना घाइते भएका छन भने २ वटा बोका मरेका छन । जिल्लाको मुसिकोट नगरपालिका ४ सोलावाङका ५२ बर्षका रिमबहादुर खड्का करेन्ट लागेर घाईते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार करेन्ट लागेर खड्काका दुईवटा बोका मरेका छन् । मंगलबार विहान बाख्रा चराउन गएको बेला केन्द्रिय प्रशारण लाईनको पोलबाट लिक भएर करेन्ट लागेको जनाइएको छ ।

करेन्ट लागेर मरेका २ वटा बोकालाई छुटाउने क्रममा खड्कालाई करेन्ट लागेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । खड्काको बायाँ खुट्टामा करेन्ट लागि घाईते भएको अवस्थामा प्रहरी चौकी सोलावाङबाट डियुटीमा खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।

त्यस लगतै प्रहरी चौकी सोलावाङबाट प्रहरी सहायक निरीक्षक ढालबहादुर मल्लको कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलीले उद्धार गरी खड्कालाई स्थानीय मेडिकलमा पुर्याएको थियो । अहिले घाईते खड्काको अवस्था सामान्य रहेको जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार