मुसिकोट १३ का किसानलाई फलफूलका बिरुवा वितरण

मुसिकोट १३ का किसानलाई फलफूलका बिरुवा वितरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ ले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ।

व्यावसायिक रूपमा फलफूल खेती विस्तार र प्रबर्द्धनका लागि वडाले किसानलाई एक हजार फलफुलका बिरुवा वितरण गरेको हो।

वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार २७५ घरपरिवारलाई फलफुलका बिरुवा वितरण गरिएको वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आँप, लिची र कागतीका बिरुवा वितरण गरिएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार