रुकुम पश्चिममा १९ वटा मानव अधिकार र ज्यादतिका घटना

रुकुम पश्चिममा १९ वटा मानव अधिकार र ज्यादतिका घटना

मुसिकाेट । रुकुम पश्चिममा १९ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना घटेका छन् । १ जनवरी २०२३ देखि ३० जुन सम्म १९ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना घटेका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले शुक्रबार खंलगामा गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२४ को अर्धवार्षिक पुर्व समिक्षा गर्दै तथ्याङ्क सार्वजनिक गरेको हो । गत वर्षको अर्धवार्षिक समिक्षाको बेला प्रस्तुत गरिएको तथ्याङ्कको तुलनामा यो वर्ष घटना कम घटेको तथ्याङ्क प्रस्तुत गरिएको छ । गत वर्ष ३० जुन सम्म ३२ वटा घटना घटेका थिए भने यो वर्ष १९ वटा मात्रै घटना घटेको ईन्सेक प्रतिनिधि मनिषा केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्षको ३० जुन सम्म हत्या अन्य पक्षबाट १ वटा घटना घटेको छ । त्यस्तै धम्की, कुटपिट अन्य पक्षबाट १ वटा, बालबालिका अन्तरगत बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका घटना ३ वटा, घरेलु हिंसा, धम्की, कुटपिटका घटना ८ वटा घटना घटेका छन् । त्यस्तै बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार ५ वटा, बहुविवाह १ वटा घटना भएको ईन्सेक प्रतिनिधि केसीले जानकारी दिनुभयो ।

गत वर्ष ३० जुन सम्म सबै घटना वढि घटेका थिए । धम्की तथा कुटपिट ९ वटा, बालबालिका अन्तरगत बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका घटना ३ वटा, घरेलु हिंसा, धम्की, कुटपिटका घटना १५ वटा, बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका घटना २ वटा, बहुविवाह र आत्महत्या दुरुत्साहनको घटना १ वटा घटेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार