मुसिकोट १३ मा काँग्रेसको वडा सम्मेलन

मुसिकोट १३ मा काँग्रेसको वडा सम्मेलन

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमले वडा सम्मेलन सुरु गरेको ।

जिल्ला कार्यसमितिको निर्णय अनुसार असार २० गते भित्र जिल्लाका ७३ वटै वडाहरुको सम्मेलन गर्ने नेपाली काँग्रेस रुकुम पश्चिमले जनाएको छ । जस अन्तरगत अहिले जिल्लाका पार्टिका नेताहरु परिचालन गरेर वडा सम्मेलनहरु भईरहेका छन ।

शनिबार मुसिकोट नगरपालिका वडा नम्बर १३ को वडा सम्मेलन सम्पन्न भएको छ । वडा सभापति दलबहादुर खत्रीको अध्यक्षतामा चौतारामा भएको वडा सम्मेलनमा पार्टिका कोषाध्यक्ष मोहबिर खड्काको प्रमुख आथित्यता रहेको थियो । सम्मेलनमा पार्टीलाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

यस्तै सम्मेलनमा वडा कमिटि र भातृ संगठनलाई तत्काल पूर्णता दिने, पार्टिका कृयाशिल सदस्यहरूलाई सकृय बनाउने  र सार्वजनिक सरोकारका बिषयहरुमा पार्टिले खबरदारी गर्ने निर्णय गरिएको वडा सभापति खत्रीले जानकारी दिनुभयो ।

सम्मेलनमा काँग्रेस जिल्ला सदस्यहरु खम्बु खड्का, भिमबहादुर बिष्ट, नबराज गिरी, हिरा गहतराज, चन्द्रबहादुर ओली, नमुना बिष्ट, मुसीकोट नगरपालिका वडा नं १४ का वडा अध्यक्ष गोबर्धन ओली, नेपाल दलित संघ रुकुमका सभापति प्रवीर ददेलको आथित्यता रहेको थियो ।

यस्तै पार्टिका स्थानीय नेताहरू बलबिर ओली, यज्ञ बहादुर ओली, ज्ञान बहादुर ओली लगायत पार्टिका कृयाशिल सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन काँग्रेस कृयाशिल सदस्य कुमार केसीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार