नेपाल तरुण दलको केन्द्रीय सदस्यमा रुकुम पश्चिमका हरिचन्द्र खनाल र जितेन्द्र बुढाथोकी मनोनित हुनु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका घर भएका युवा नेता खनाल र चौरजहारी नगरपालिकाका बुढाथोकीलाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको हो ।
देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको विस्तार गर्दै बुधबार चार सय सदस्य मनोनयन गर्नुभएको छ ।
