अदालतका कर्मचारीहरु आन्दोलित

अदालतका कर्मचारीहरु आन्दोलित

मुसिकोट । आज देशभरका अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । ललितपुर अदालतमा कार्यरत एक कर्मचारीलाई कार्यकक्षकै कुटिएको बिरोधमा आज कर्मचारीहरु आन्दोलित भएका हुन् ।

कर्मचारीका विभिन्न पेशागत संगठनहरुले कारबाहिको माग स्वरुप बिहान १० बजेदेखि १ः३० बजेसम्मको लागि अदालतका काम कारबाहि बन्द गर्न आह्वान गरे अनुसार रुकुम जिल्ला अदातलमा पनि कामकाज बन्द गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य जसबिर खत्रीका अनुसार असार १३ गते ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानून व्यवसायी अमिर लामिछानेले हातपात तथा कुटपिट गरेर घाईते बनाएका थिए ।

उक्त घटनाको बिरोध र आक्रमणकारीलाई कारबाहिको माग गर्दै आज साढे तीन घण्टा देशभरका अदालतको कामकारबाहि बन्द गर्ने क्रममा रुकुम अदालतमा पनि ऐक्यबद्धता जनाईएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार