बाँफिकोट २ को अधिकास ठाउँमा सिचाई सुविधा

बाँफिकोट २ को अधिकास ठाउँमा सिचाई सुविधा

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ मा चालु आर्थिक वर्ष २०७९/८० मा चार वटा सिचाई आयोजना निर्माण भएका छन् । ३ वटा नहर सिचाई आयोजना र एउटा पाईप सिचाई आयोजना निर्माण भएका हुन् । वडाले यो वर्ष ७ सय ५० मिटर पक्कि नहर पक्कि गरेको छ ।

वडामा रहेका सिचाई कुलाहरु कच्चि रहेकोमा यो चालु आर्थिक वर्ष मात्रै ७ सय ५० मिटर कुलो पक्कि नहरको रुपमा स्तरउन्नती गरिएको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । वडामा ठुलो सिचाई आयोजना डोप्टे सिचाई आयोना मार्फत ठुलो क्षेत्रमा खेति योग्य जमिन भएको जिपुमा पानी ल्याईएको छ । करिव ३ किलोमिटर पाईप लाईन मार्फत गाउँमा सिचाईको लागि पानी पुर्याईएको हो ।

उक्त कामको लागि ८० लाख रकम खर्च भएको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँभन्दा माथि ठुलो ट्याङ्की निर्माण गरिएको छ । सोहि ट्याङ्कीबाट विभिन्न खेतीयोग्य जमिनमा पानी वितरण गरिने छ । सिचाई आयोजना मार्फत गाउँमा पानी पुगे पछि जिपुमा हिउँदे वाली उत्पादनमा बृद्धि हुने अपक्षा गरिएको छ ।

त्यस्तै कैनारुख– काक्रिबाङ सिचाई आयोजना मार्फत पनि विभिन्न ठाउँमा सिचाँई हुने भएको छ । थारकाट्ने, भलाचौर र काक्रिबाङमा सिचाँई हुने वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । उक्त आयोजनाको लागि १५ लाख रकम खर्च भएको छ । अर्को लामाचौर टाङ्सी सिचाई आयोजना पनि चालु आर्थिक वषमै सम्पन्न भएको छ ।

लामाचौरका केहि भाग र टाङ्सीमा सिचाई गर्नको लागि उक्त आयोजना निर्माण गरिएको हो । ६ लाखमा सिचाई नहर निर्माण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । पुमामा पनि रानिऔला सम्मको सिचाई आयोजनाको नहर वनाईएको छ । पुरानो कच्चि कुलोलाई स्तरउन्नती गर्दै पक्कि नहर निर्माण गरिएको हो । ५ लाखमा पक्कि कुलो निर्माण भएको छ ।

वडामा रहेको मुख्य खेतीयोग्य जमिनको लागि नहर मार्फत र पाईप मार्फत सिचाँईको लागि पानी पुर्याएको र अव बाँकी सहायक कुलाहरु मर्मत र निर्माणको काम गर्ने वडाको योजना रहेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । अवको दुई वर्षमा वडाको सवै ठाउँमा सिचाई सुविधा पुर्याईसक्ने योजना वडाको छ ।।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार