प्रेमिकालाई हातपात गरेको आरोप लागेका वकिल साधारण तारेखमा रिहा

प्रेमिकालाई हातपात गरेको आरोप लागेका वकिल साधारण तारेखमा रिहा

ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका गुरुङलाई हातपात गरेको आरोपमा पक्राउ परेका कानुन व्यवसायी अमिर लामिछाने रिहा भएका छन् ।

उनलाई आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरले साधारण तारेखमा रिहा गरेको हो ।
उनी गत बुधबार अपराह्न करिब साढे ४ बजे पक्राउ परेका थिए । लामिछानेले अदालतकी नासु तामाङमाथि हातपात गरेको आरोपमा प्रशासनमा अभद्र व्यवहारको मुद्दा दायर भएको थियो ।

अदालत प्रशासनका अनुसार इजलासबाट भएको आदेश हेर्न पाउनुपर्ने भन्दै लामिछानेले फाइल मागेका थिए । तर, हराउन सक्ने भन्दै नासु तामाङले फाइल दिन मानिनन् । प्रक्रिया पुर्‍याएर निवेदन लिएर आए त्यसको नक्कल प्रति दिन सकिने उनले जवाफ फर्काएकी थिइन् । त्यसपछि विवाद बढ्दै गएको र लामिछानेले प्रेमिकामाथि हातपात गरेको पीडित पक्षको दाबी छ ।

अर्कोतर्फ लामिछानेसहित कानुन व्यवसायीको छाता निकाय नेपाल बार एसोसियसनले भने तामाङले घुस मागेपछि विवाद भएको दाबी गरेको छ । बारले घटना भएको दिनको सीसीटिभी फुटेज जारी गर्न माग गरेको छ । प्रशासनले भने सीसीटीभी बिग्रिएको दाबी गर्दै आएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार