आठविसकोटमा जिप दुर्घटना, पाँच जना घाईते

आठविसकोटमा जिप दुर्घटना, पाँच जना घाईते

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट ६ दामाचौरमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ५ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

आज डोल्पाको त्रिपुराकोट देखि रुकुम पश्चिमको आठविसकोटतर्फ आउँदै गरेको भे १ ज ६०८ नम्वरको मुस्ताङ जिप दामाचौरमा पुगेको बेला दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले १३ जना यात्रु सवार रहेकोमा पाँच जना घाईते भएको बताउनुभयो । जिपमा सवार अन्य आठ जना भने सकुशल रहेको बताईएको छ ।

घाईते हुनेहरुमा जाजरकोटको नलगाड नगरपालिका ८ की शुसिला तामाङ, सोही ठाँउकी बिमला थकाली र गौरी थकाली, खोटाङको दिक्तेल नगरपालिका १ बस्ने तरीन्द्र प्रासद आचार्य र सल्यानको शारदा नगरपालिका ८ बस्ने जगत बहादुर बिष्ट रहेका छन् ।

घाईतेहरुलाई आठविसकोट नगरअस्पतालमा उपचार भईरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

जिप चालक जाजरकोट नलगाड नगरपालिका ३ का २५ वर्षिय रामबहादुर बिक फरार रहेकाले खोजी कार्य भैरहेको प्रहरीको भनाई छ । जिप अनियन्त्रित भई सडकमै पल्टिएको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार