ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी पक्राउ

मुसिकोट । रुकुम पश्चिममा प्रहरीले ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।  त्रिवेणी गाउँपालिका ४ खुम्चेरी बस्ने २७ वर्षिय बिक्रम बाँठा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार दिउँसो खलंगामा लुकिछिपी रहेको अवस्थामा बिक्रमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

ज्यान मार्ने उद्योगको मुद्धा लागेका उनीलाई अदालतले ११ महिना कैद र १० हजार जरिवाना तोकेको थियो ।

पक्राउ परेका बाँठा मगरलाई कैद सजाय र जरिवाना असुल उपरको लागि रुकुम जिल्ला अदालतमा बुझाईएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार