खरखरेमा सुक्खा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

खरखरेमा सुक्खा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ खरखरेमा सुक्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

बुधबार बिहान ११ बजे सडक माथिबाट खसेको सुक्खा  पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक अबरुद्ध भएसँगै मध्यपहाडी लोकमार्ग हुँदै सदरमुकाम मुसिकोट खलंगा आउने तथा मुसिकोटबाट सानीभेरी, चौरजहारी लगायतका ठाउँ जाने सवारी साधनहरु रोकिएका छन् ।

अहिले अवरुद्ध सडकको पहिरो हटाएर लोकमार्ग खुलाउने काम भईरहेको छ । मुग्लुखोलाबाट जेसीबी ल्याएर पहिरो हटाउने तयारी भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार