रुकुम पश्चिममा खेलाडीलाई सम्मान

रुकुम पश्चिममा खेलाडीलाई सम्मान

मुसिकोट । रुकुम पश्चिममा  खेलाडीहरुलाई सम्मान गरिएको छ । बुधबार जिल्ला खेलकुद बिकास समिति रुकुम पश्चिमले आठ जना खेलाडीहरुलाई सम्मान गरेको हो ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भई विभिन्न स्थान ल्याउन सफल ५ जना र १३ औं केन्द्र स्तरीय रनिङ शिल्डमा सहभागि भई विभिन्न स्थान ल्याउन सफल ३ जना खेलाडीहरुलाई सम्मान गरिएको हो ।

जिल्ला खेलकुद बिकास समिति रुकुम पश्चिमका कार्यालय सचिव लिला प्रसाद ढकाल अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भई विभिन्न स्थान ल्याउन सफल हिरा आचार्य, इला खत्री, महेन्द्र बुढाथोकी, जनक बुढा मगर र कमला बि। क।लाई प्रमाण पत्र, दोसल्ला र अबिर लगाएर सम्मान गरिएको हो ।

त्यसैगरी १३ औं केन्द्र स्तरीय रनिङ शिल्डमा सहभागि भई विभिन्न स्थान ल्याउन सफल पहल गहतराज, शर्मिला परियार र धिरेन्द्र बिकलाई सम्मान गरिएको हो ।

खेलाडीहरुको सम्मान र उच्च मनोवलका लागि हौसला प्रदान गर्न सम्मान कार्यक्रम आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यवहाक अध्यक्ष गोविन्द ओलीको अध्यक्षतामा भएको सम्मान कार्यक्रम प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार