मुसिकोट १० का १० जना कृषक सम्मानित

मुसिकोट १० का १० जना कृषक सम्मानित

मुसिकोट । मुसिकोट नगरपालिका वडा नम्वर १० को कार्यालयले कृषकलाई सम्मान गरेको छ । वडा अध्यक्ष धनबहादुर खड्काका अनुसार वडा भित्रका १० जना कृषकहरुलाई सम्मान गरिएको हो ।

वडाको कृषि तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै १० जना सक्रिय कृषकहरुलाई कदर पत्र र नगद तीन हजार प्रदान गरेर सम्मान गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय झुपलाल खड्का धेरै लसुन गर्ने किसानको रुपमा सम्मानित हुनुभएको छ भने सुनिल कुँवर धेरै बाख्रापालन गर्ने किसानको रुपमा सम्मानित हुनुभएको छ ।

त्यसैगरी वडामा धेरै भैसीपालन गर्ने किसान जय बहादुर खड्का, धेरै सुन्तला खेती गर्ने एक्क बहादुर खड्का, धेरै अलैची खेती गर्ने पैल बहादुर रोकाय र दलित समुदायबाट राम्रो कृषि गर्ने यमुना करलालाई सम्मान गरिएको छ ।

वडाका नमुना कृषक घमन्ड बहादुर खड्का, वडाका नमुना युवा कृषक उज्वल केसी, मनिराम कुँवर र बहादुर बुढा पनि सम्मानित हुनुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार