भेरी नदीले बगाउँदा बालिका बेपत्ता

भेरी नदीले बगाउँदा बालिका बेपत्ता

फाइल फोटो

मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा भेरी नदीले बगाउँदा एक बालिका वेपत्ता भएकी छन् । सोमबार दिउँसो २ः५० बजे जिल्लाको चौरजहारी नगरपालिका १ नरखोली बस्ने झलक वादीकी १० वर्षिया छोरी महिमा वादी भेरी नदीमा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

दिदी १८ वर्षिया सरिनासंग भेरी नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएकी महिमा नदीमा बगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वेपत्ता बालिकाको स्थानीय र प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार