मलामी गएका व्यक्ति सानीभेरी नदीमा डुबेर बेपत्ता

मलामी गएका व्यक्ति सानीभेरी नदीमा डुबेर बेपत्ता

रुकुमकोट । मलामी गएका रुकुम पूर्वका एक व्यक्ति सानीभेरी नदीमा डुबेर बेपत्ता भएका छन् । आइतबार जिल्लाकाे सिस्ने गाउँपालिका वडा नम्बर ८ धपेका ३८ बर्षिय छबिलाल पुन सानीभेरी नदिमा बेपत्ता भएका हुन् ।

दिउसो १ बजे आफ्नै फुपाजुको मलामी गएका पुन दाहसंस्कारपछि नुहाउन लाग्दा सानीभेरी नदिमा चिप्लिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

सिस्ने गाउँपालिका वडा नम्बर ८ धपेस्थित सानीभेरी नदिको किनारबाट चिप्लिएर भेरीनदिमा बेपत्ता भएका हुन ।

बेपत्ता पुनलाई लगत्तै खोजी गर्दा पनि नभेटिएको बताईएको छ । अहिले पनि खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार