आज वादल आइसके छ
माैसमी सधै आउथ्याे क्यारे
तर याे बेमाैसमी ने रहेछ
यसबाट बर्षा त हुदैहुदैन तथापी
डाडाकाे झाडीमा कुहिराे माैलाउदैछ
निसास्सीएर काेकिल भाका पस्कदैछन
ए पल्लव पल्लवीत नहाेइदेउ त
तिमीले सधैं हुरी झरी र घामसंग
भेटकाे सघर्षअनुभूति टाढै राेकी दियाै
म त रित्ताे थ्याँग्रामा बस्न पाे चाहन्छु
सबै प्रकाेपकाे प्रहारमा पाैडन रहर छ
रातमात्र आजीवीत छैन उज्यालाे पक्कैहुन्छ
काेकिलकाे भाव र भाका सबैले सुन्नेछन
अनी पाे कित्ता कित्ता भित्ता भित्तामा
त्याे इतिहास हुनेछ यात थुक्क -थुक्क।
तर तिमी नेपाली सन्तती हाै याहकै उपज
कति निद्रामा डुब्छाै अझै,अबेला भएनर ?
अबत जुरूक्क उठ ! फेरि आज आउदै आउदैन
सधै भाेली नहेर ! भाेलीत हामी काहा हाे के थाहा ?
तेसैले बिन्तीछ आजै आफै उठ!फेरि जीवन आउदैन।।।
चिन्ताराम शर्मा