मुसिकोट खलंगा बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपन

मुसिकोट खलंगा बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपन

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ । आज अखिल (क्रान्तिकारी) मुसिकोट नगर समितिले क्याम्पस परिसरमा विभिन्न प्रजातिका विरुवा रोपेको हो ।

अखिल क्रान्तिकारी मुसिकोट नगर अध्यक्ष दुर्गाप्रसाद विश्वकर्माका अनुसार कल्की, गोलमोहर र पारिजात जातका ५० वटा विरुवा रोपिएको हो । क्याम्पस परिसरलाई हरियाली बनाउने उदे्श्यले वृक्षारोपन गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

मुसिकोटका विभिन्न क्याम्पस, विद्यालय र जिल्ला अस्पतालमा वृक्षारोपन गर्ने कार्यक्रम अन्तर्गत आज मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा वृक्षारोपन गरिएको जनाइएको छ ।

वृक्षारोपन कार्यक्रममा मुसिकोट खलंगा बहुमुखी क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतम, स्ववियु सभापति रमेश लामिछाने, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष तथा नगर इन्चार्ज विशाल बिष्ट, अखिल क्रान्तिकारी मुसिकोटका पदाधिकारी एवं सदस्य, क्याम्पसमा अध्यनरत विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार