रुकुमकोट । रुकुम पूर्वमा घर पोत्ने क्रममा करेन्ट लागेर घाईते भएकी एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको सिस्ने गाउँपालिका वडा नम्वर ८ स्यालापाखाकी २३ वर्षिया प्रतिक्षा बुढा पुनको मृत्यु भएको हो ।
शुक्रबार घर पोत्ने क्रममा करेन्ट लागेर घाईते हुनुभएकी बुढाको उपचारको क्रममा रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो ।
घरको भित्ता पोत्ने क्रममा बिद्युत लाईन सट भएर उहाँलाई करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।