निजामति कर्मचारी युनियन रुकुम पश्चिमद्धारा बिरामीलाई फलफूल वितरण

निजामति कर्मचारी युनियन रुकुम पश्चिमद्धारा बिरामीलाई फलफूल वितरण

मुसिकोट । नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

मंगलबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको युनियन रुकुम पश्चिमका अध्यक्ष देवबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा भर्ना भएका ३३ जना बिरामिहरुलाई फलफूल वितरण गरिएको हो ।

यस्तै बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

फलफुल वितरण कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष देवबहादुर ओली, केन्द्रिय सदस्य गोपाल शर्मा, प्रदेश सदस्य महेश विष्ट, महाधिबेदन प्रतिनिधि लक्ष्मण विक, डिल्ली बहादुर ओली, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष जोगेन्द्र पुन, युनियन जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार