रेडक्रसको स्थापना दिवसको अवसरमा फलफूल बितरण

रेडक्रसको स्थापना दिवसको अवसरमा फलफूल बितरण

मुसिकोट । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमले स्थापना दिवसको अवसरमा बिरामिहरुलाई फलफूल वितरण गरेको छ । रेडक्रसको ६१ औँ स्थापना दिवसको अवसरमा  मंगलबार जिल्ला अस्पताल सल्लेमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको रेडक्रस जिल्ला शाखा सभापति रमा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पताल सल्लेमा भर्ना भएका ३३ जना बिरामिलाई फलफूल वितरण गरिएको हो ।

फलफुल वितरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा सुशिल पोख्रेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारी, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य शिबराम खत्री, कर्णाली प्रदेशका महासचिव नरबहादुर नेपाली, रेडक्रस जिल्ला शाखा सभापति रमा गौतम, कोषाध्यक्ष यज्ञ बहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार