मुसिकोट । संविधान दिवसको अवसरमा रुकुम कारागारमा रहेका आठ जना कैदीबन्दीको कैद मिनाहा भएको छ ।
नवौ संविधान दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी गरिएपछि यहाँका आठ जना कैदीबन्दी कैदमुक्त भएका हुन् ।
कारागार कार्यालय रुकुम पश्चिमका प्रमुख प्रवेश बढुवालका अनुसार आजबाट कैदमुक्त हुनेहरुमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ का गोबिन्द कामी, सोहि गाउँपालिका ३ का लोकबहादुर बि.क., मुसिकोट नगरपालिका ९ का शुकलाल दमाई, त्रिवेणी गाउँपालिका ७ का दिपक कुमार डाँगी र आठविसकोट नगरपालिका १२ का शुशिल डाँगी हुनुहुन्छ ।
त्यसैगरी रुकुम पूर्वको भूमे गाउँपालिका ६ का भविष्य के.सी., सोहि गाउँपालिका १ का भाग प्रताप बुढा र वडा नम्वर ५ का कर्ण बहादुर गुरुङको बाँकि कैद मिनाह भएको रुकुम कारागार कार्यालयले जनाएको छ ।
कैद मिनाहा भएका आठ कैदिबन्दी मध्य रुकुम पूर्वका गुरुङ पशुपंक्षी सम्बन्धी कसुरमा र बुढा नकबजनी चोरी मुद्धामा कारागार चलान हुनुभएको थियो । अन्य ६ जना भने बहुविवाह मुद्धामा जेल चलान हुनुभएको थियो ।
५० प्रतिशत कैद भुक्तान गरी कैदकट्टाका लागि जिल्लाबाट सिफारिस भएको आधारमा संविधान दिवसको अवसरमा उहाँहरुलाई बाँकि कैद मिनाहा गरिएको हो ।