व्यावसायीद्धारा विद्युत प्राधिकरण रुकुम पूर्वमा ध्यानाकर्षण पत्र

व्यावसायीद्धारा विद्युत प्राधिकरण रुकुम पूर्वमा ध्यानाकर्षण पत्र

रुकुमकोट । नेपाल विद्युत प्राधिकरण रुकुम पूर्वमा व्यावसायीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन ।

बिहिबार उद्योग बाणिज्य संघ रुकुुम पूर्वका अध्यक्ष केबेन्द्र गौतम नेत्तृवको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो । जिल्लामा विद्युतको अनियमितता दिनानुदिन बढिरहेको र जसका कारण विद्युतबाट हुने कामकाज तथा जनजीवन प्रभावित बनेको भन्दै वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

रुकुम पूर्व जिल्ला भित्र नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवा विस्तार गरेपनि सेवा गुणस्तरतर्फ प्रयाप्त ध्यान नदिएको कारणले जिल्लावासीले सास्ती बेहोर्दै आएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । जसका कारण उपभोक्ताले आफ्नो घर, व्यवसाय, कार्यालयमा बिद्युतको तार र चिम झुन्ड्याउन बाहेक प्रभावकारी सेवा उपभोग गर्न आएका छैनन ।

यस्तै नेपाल विद्युत प्राधिकरण रुकुम पूर्व वितरण केन्द्र प्रमुख सुरेस चौधरीले केहि दिन देखि विद्युतमा समस्या भएको र जिल्लाको सवस्टेसन रुवाबाङ्ग नबन्नुन्जेल समस्या आईरहने बताउनु भयो। उहाँका अनुसार रुकुम पूर्वमा विद्युत नियमित गर्न कार्यालयले पहल गरिरहेको तर प्रदेश तथा स्थानीय सरकारहरुले पनि रुकुम पश्चिमबाट आउने ३३ केभिएको लाईन मर्मतमा पहल गर्नुपर्ने उनको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार