पुमा खोलाले बगाएका व्यक्तिको शव फेला

पुमा खोलाले बगाएका व्यक्तिको शव फेला

मुसिकोट । रुकुम पश्चिममा खोलाले बगाएर वेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर १ का ५७ बर्षिय हृदय गिरीको तिन दिनपछि शनिबार साझ शव फेला परेको प्रहरीले जनाएको छ ।

गिरीको शव बगेको स्थानदेखि २५० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

बिहिबार दिउँसो बाँफिकोट गाउँपालिकाको वडा नम्बर २ पिपलबाट घरतर्फ जाने क्रममा गिरीलाई वडा नम्बर १ र २ को सिमानामा रहेको पुमा खोलाले बगाएको थियो ।

गिरीको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सल्ले राखिएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार