हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार केसी र सिलवाललाई प्रदान

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार केसी र सिलवाललाई प्रदान

मुसिकोट । यस वर्षको ‘हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका रूकुम संवाददाता महेश केसी र नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवाललाई प्रदान गरिएको छ ।

आइतबार नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार-२०८०’ वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त पुरस्कार प्रदान गर्नुभयो ।

सम्मानित हुने रूकुम पूर्वका पत्रकार केसीले दुर्गममा पत्रकारिता गर्नका लागि सूचना प्रविधिको पहुँचमा समस्या भएको र त्यसका लागि वातावरण बनाउन आग्रह गर्दै पुरस्कारले काम गर्न थप प्रोत्साहन मिलेको बताउनुभयो ।

पत्रकार केसी विगत १६ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँ यसअघि बुटवल टुडे दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक, सौर्य दैनिक, समय संवाद साप्ताहिक, जन्तिधारा साप्ताहिक र रेडियो सानीभेरीमा कार्यरत हुनुहुन्थ्यो ।

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार हेम  भण्डारी र क्यामेरा पर्सन सुनिल सिहंको २०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । उहाँहरूको सम्झनामा नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले २०६४ सालमा रू पाँच हजार राशिको पुरस्कार स्थापना गरेको थियो ।

 

यो पुरस्कारको राशी बढाएर यस वर्षदेखि  एक लाख रुपैँया पुर्‍याइएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार