कर्णालीको मुख्य दुस्मन गरिवी : मुख्यमन्त्री शर्मा

कर्णालीको मुख्य दुस्मन गरिवी : मुख्यमन्त्री शर्मा

मुसिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुस्मन गरिबि रहेको बताउनु भएको छ । बिहिबार नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले कर्णालीको गरिबि हटाउनु अहिलेको ठुलो चुनौति रहेको बताउनुभयो ।

“हामिले कर्णालीको गरिबिलाई हटाउने योजना बनाएका छौ । प्रत्यक वर्ष विपन्न गरिवार, गरिव घर परिवारका १० हजार युवाहरुलाई रोजगार बनाउने योजना बनाएका छौ । यो योजना हामिले सफल पारेरै छाड्ने छौ ।” मुख्यमन्त्री शर्माले भन्नुभयो । त्यसको लागि निति तथा कार्यक्रम निर्माण गरिएको उहाँले बताउनुभयो ।

“हामि १० हजार युवालाई रोजगारी दिने कार्यको प्रक्रियामा छौ । अनुदान मार्फत नभएर विउपुजि अन्तरगत हामिले युवाहरुलाई रकम सहयोग गरेर उनीहरुको आयआर्जनमा सहयोग पुर्याउने योजनाका साथ प्रदेश सरकार लागेको छ ।” मुख्यमन्त्री शर्माले भन्नुभयो । कर्णाली प्रदेशमा धेरै चुनौतिहरु रहेको भए पनि त्यो चुनौतिका माझ पनि सरकारले काम गर्ने उहाँले बताउनुभयो ।

राजनितिक अस्थिरताको कारणले भने सरकारमा बसेर काम गर्न केहि समस्या भएको उहाँले बताउनुभयो । आफुले ३ पटक सम्म विश्वासको मत लिएको प्रसंगलाई जोड्दै नेपालको अस्थिर राजनितिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उहाँको भनाई थियो ।
महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको सञ्चालन महासंघका सचिब हिरा परियारले गर्नुभएको थियो ।

त्यसैगरी मुख्यमन्त्री शर्माले जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरु सँग छलफल तथा अन्तरक्रिया गर्नुभएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले बताउनुभयो । कर्मचारीहरुसँगको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कार्यालयमा आएका सेवाग्राहिको कामलाई छिटोछरितो रुपमा गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले कर्मचारीहरुलाई कसैको डर, धाक, दबाब र प्रभावमा नपरी राज्यले दिएको जिम्मेवारी इमानदारी, निष्ठा र कुशलतापूर्वक निभाउन निर्देशन दिनुभयो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार