जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई मल्टी चार्जर हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई मल्टी चार्जर हस्तान्तरण

मुसिकोट । नेपाल टेलिकम रुकुम पश्चिमले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई मल्टी चार्जर सहयोग गरेको छ । कार्यालयमा आउने सेवाग्राहीहरुको सहजताको लागि एकै पटकमा धेरै मोबाइल चार्ज गर्न मिल्ने चार्जर हस्तान्तरण गरिएको नेपाल टेलिकम रुकुम पश्चिम कार्यालयका प्रमुख कृष्ण शर्माले जानकारी दिनुभयो ।

आईतबार जिल्ला प्रहरी कार्यालयमा पुगेर कार्यालय प्रमुख शर्माले प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईलाई चार्जर हस्तान्तण गर्नुभएको हो।

उक्त मल्टी चार्जर जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्षामा राखिएको डिएसपी भट्टराईले जानकारी दिनुभयो। आकष्मिक अवस्थामा चार्जर नहुँदा समस्यामा परेकाहरुलाई यो चार्जरले विशेष लाभ पुग्ने उहाँले बताउनुभयो ।

यस्तै डिएसपी भट्टराईले चार्जर उपलब्ध गराउने नेपाल टेलिकम रुकुम पश्चिम कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार