जेठ ५ काठमाडौ । दैलेख आठबिस नगरपालिकाको क्वारेनटाइनमा रहेका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्काले जानकारी दिनुभएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि थप परीक्षणको लागि नेपालगंज पठाइएकाेे थियो । नेपालगंजमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
क्वारेन्टाइनमा रहेका उनलाई उपचारको लागी दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा उनीसहित ३८ जना बस्दै आएको पर्वसिंह विश्वकर्माले बताएका छन ।