दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ।​

पञ्चाङ्ग निर्णायक समितिले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंको शुभसाइत सार्वजनिक गरेको हो ।​​

घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले मंगलवार जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने जनाएका छन् । ​

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार