​​​​​​​गृह मन्त्रालयको कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम दोस्रो

​​​​​​​गृह मन्त्रालयको कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम दोस्रो

मुसिकोट । जिल्ला प्रशासन कार्यालय गुल्मी देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये प्रथम भएको छ ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष २०७९/०८० का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुसार ६८ वटा परिसूचकहरूमा ९६.४४ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी प्रथम भएको हो ।

मन्त्रालयको नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका अनुसार ९६.१३ प्रतिशत अङ्क प्राप्त गरेर रुकुम पश्चिम दोस्रो, ९६ अङ्क प्राप्त गरेर रुपन्देही तेस्रो, ९५ .८१ प्रतिशत  अङ्क ल्याएर इलाम चौथो स्थानमा पर्न सफल भएका छन । ,

आर्थिक वर्ष ०७९/०८० को पहिलो र दोश्रो त्रैमासिक कार्यसम्पादनमा उत्कृष्ट बनेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम तेस्रो त्रैमासिकमा पनि प्रथम भएको थियो । रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त हुनुहुन्छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र प्रजिअको कार्यसम्पादनलाई ६ वटा समुहमा वर्गिकरण गर्ने गरेको छ । शान्ती सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रवन्ध, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मुआब्जा बितरण तथा विकास सहजिकरण अन्तर्गतका शिर्षकहरुमा आधारित रहेर मूल्याङकन गर्ने गरेको हो ।

चालू आर्थिक वर्षमा दर्ता भएका र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दाको फर्स्यौट, नागरिकतासम्बन्धी उजुर फर्स्यौट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र गृहबाट प्राप्त उजुरी फर्स्यौट, उपभोक्ता हितविपरीतका उजुरी तथा गुनासा, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण, लागूऔषध सूचना व्यवस्थापन प्रणालीको नियमित प्रयोग, लेखा परीक्षण भएको कुल अंकमा बेरुजु फर्स्यौट, बक्यौता बेरुजु फर्स्यौट, प्रशासनिक कामकारबाही, महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयन लगायत विषयका आधारमा जिल्ला प्रशासनको मूल्यांकन हुने गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार