बझाङ केन्द्रबिन्दु भएको भूकम्पबाट रुकुम पश्चिमका दुई घरमा क्षति

बझाङ केन्द्रबिन्दु भएको भूकम्पबाट रुकुम पश्चिमका दुई घरमा क्षति

मुसिकोट । मंगलबार दिउँसो बझाङको चैनपुरआसपास केन्द्रबिन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिमका दुई वटा घरमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १० काफलडाँडा निवासी चन्द्रबहादुर बुढा र त्रिवेणी गाउँपालिका वडा नम्वर ५ दबाङका प्रकाश सुनारको घरमा क्षति पुगेको हो ।

प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले मंगलबार बेलुकासम्म दुई घरमा पूर्ण क्षति भएको र केहि घरहरु चर्किएको जानकारी प्राप्त भएको बताउनुभयो । यसबाट कुनै मानविय क्षति भने भएको छैन ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार