रुपान्तरण अभियानले नयाँ उमंग, उत्साह र तरंग ल्यायो : ईन्चार्ज खड्का

रुपान्तरण अभियानले नयाँ उमंग, उत्साह र तरंग ल्यायो : ईन्चार्ज खड्का

मुसिकोट । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका ईन्चार्ज गगन खड्काले माओवादी ‘माओवादी’ जस्तै नभएपछि रुपान्तरण अभियान सञ्चालन गर्नुपरेको बताउनुभएको छ । माआवोदी र अरु पार्टीमा खासै भिन्नता नदेखिएपछि माओवादी भित्रै समाजवाद ल्याउन रुपान्तरण अभियान चलाईएको उहाँको भनाई छ ।

सोमबार पार्टी कार्यालय सेरीगाउँमा आयोजित पत्रकार सम्मेलनमा उहाँले रुपान्तरण अभियानले नयाँ उमंग, उत्साह र तरंग ल्याएको उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि जिल्लाका ७३ वटै वडामा सञ्चालन गरेको जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानका क्रममा भए गरेका गतिविधिहरु जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा एक महिनामा जिल्लाका नौ हजार घरधुरीमा पुगेर ३२ हजार जनासँग भेटघाट तथा अन्तरक्रिया गरेको जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । जिल्ला संयोजक रोकाले यस अवधिमा पार्टीका २९५ वटा टोल कमिटी र ४५० वटा सेल कमिटीको बैठक बसेको र ६३८ जना नयाँ पार्टी सदस्य थप भएको जानकारी दिनुभयो ।
अभियानको क्रममा जिल्लाका विभिन्न स्थानमा जनसेवा तथा जनश्रमका ३४ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् । स्थानीयका घर निर्माण तथा मर्मत, गोरेटो बाटो निर्माण, जनताका कृषि कार्यमा सहयोग, सरसफाई, खानेपानी सुचारु लगायतका कामहरु गरिएको संयोजक रोकाले बताउनुभयो ।

अभियानलाई समर्थक तथा र कार्यकर्ता पंक्तिमा उत्साह जगाएको र आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव प्राप्त भएको उहाँको भनाई छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला ईन्चार्ज गगन खड्काको प्रमुख आथित्यता र मुसिकोट नगर कमिटि ईन्चार्ज जीवन बुढाको आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रचार विभाग विभाग प्रमुख ध्रुवबिक्रम बुढाथोकीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार