‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’का लागि मुसिकोटमा गुनासो सुनुवाई

‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’का लागि मुसिकोटमा गुनासो सुनुवाई

मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा कर्णाली प्रदेश मन्त्री परिषद् तथा मुख्यमन्त्री कार्यालयद्वारा सञ्चालित हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको उक्त कार्यक्रममा हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रमका बारेमा जानकारी दिनुका साथै गुनासोहरुको सुनुवाई गरिएको थियो ।

सहकर्मी समाजले आयोजना गरेको उक्त कार्यक्रममा समाजका संयोजक खड्क प्रसाद रेग्मीले कार्यक्रमको लक्ष्य, उद्धेश्य तथा गतिविधिहरु बारेमा जानकारी गराउनुभएको थियो । कर्णाली प्रदेशको विकास र सुशासनका लागि सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत गुनासो सुनुवाई संयन्त्र सञ्चालन भएकोले गुनासो गर्ने प्रक्रिया बारेमा रेग्मीेले सहभागीहरुलाई जानकारी गराउनुभयो । प्रदेशका विभिन्न जिल्लाहरुबाट गुनासो तथा सुझावहरु आउन र सम्बोधन हुन थालेको समेत उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रमको दोश्रो सत्रमा सञ्चालन भएको नागरिक सुनुवाई कार्यक्रममा सहभागीहरुले प्रमुख वक्ताको रुपमा सहभागी मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुन समक्ष विभिन्न गुनासा तथा प्रश्नहरु राखेका थिए ।

कार्यक्रममा रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले मुसिकोटमा खानेपानीको शुल्क चर्को भएको, खानेपानी कार्यालयमा भुक्तानीको काममा कमिशन दिनै पर्ने बाध्यता भएको, अनियमित बिद्युतले हैरानी दिएको, स्थानीय सरकार जनताप्रति उत्तरदायी नभएको गुनासो गर्नुभयो ।

त्यसैगरी मुसिकोट नगरपालिका १४ का दिपेन्द्र बिष्टले आफ्नो वडामा भएका योजनाका काममा कामदारहरुले ज्याला नपाएको, वडामा बजेटको आकार घट्दै गएको, स्वास्थ्य सस्थामा औषधि नपाईने लगायतका बिषयमा प्रश्न राख्नुभएको थियो ।

सहभागीहरुले निजि बिद्यालयको चर्को शुल्क, खानेपानीको शुल्क, स्वास्थ्य समस्या, सूचनाको पहुँच, स्थानीय सरकारसँग दोहोरो संवाद हुन नसकेको, घर बहाल कर लगायतका बिषयमा प्रश्न तथा जिज्ञासा र सुझाव राखेका थिए ।

सहभागीहरुको प्रश्न तथा जिज्ञासाको जवाफ मुसिकोट नगरपालिका उप प्रमुख बिमल कुमार पुन, निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्का, वडा नम्वर १ का वडा अध्यक्ष ज्ञानु चन्द्र चन्द, नेपाल बिद्युत प्राधिकिरण बिद्युत बितरण केन्द्रका प्रमुख शिजवीज्रसाद साह, मुसिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कोषाध्यक्ष कर्णबहादुर ओली लगायतले दिनु भएको थियो ।

कार्यक्रमको सहजकिरण पत्रकार राजु लामिछानेले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार