रुकुममा डोजरकाे ठक्करबाट घाईते भएका बालकको मृत्यु

रुकुममा डोजरकाे ठक्करबाट घाईते भएका बालकको मृत्यु

मुसिकोट । शुक्रबार दिउँसो रुकुम पश्चिममा डोजर (स्काभेटर) को ठक्करबाट घाईते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर १० का भरत खड्काका ६ वर्षिय छोरा चन्द्रलाल खड्काको मृत्यु भएको हो ।

सोहि ठाउँको घन्ठाना निवासी खड्कालाई शुक्रबार दिउँसो बिद्यालयबाट घर फर्कने क्रममा डोजरले ठक्कर दिएको थियो । उनी स्थानीय जनसेवा आधारभूत बिद्यालय घन्ठानामा कक्षा एकमा अध्ययनरत थिए ।

डोजरको ठक्करले गम्भिर घाईते भएका बालक खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको थियो । अवस्था गम्भिर भएपछि हेलिकोप्टरबाट बाहिर लैजाने तयारी हुँदै गर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

बा ०१००३ क ९१३० नम्बरको डोजरले बालकलाई ठक्कर दिएको थियो । गाउँपालिकाको केन्द्र सिम्लीबाट अर्मातर्फ जाने भित्रि सडक मर्मत गरेर फर्कने क्रममा बालकलाई डोजरले ठक्कर दिएको बताईएको छ ।

प्रहरीले डोजर चालक सानीभेरी गाउँपालिका वडा नम्वर ८ निवासी २३ बर्षिय धनेश  कुमार बिक र डोजरलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार